नियम ११क
विस्फोटक पदार्थ सापटी लिनदिन वा उपलब्ध गराउन सकिने
(१) कुनै आयोजनाले ऐन तथा यस नियम बमोजिम इजाजतपत्र लिई पैठारी गरेको विस्फोटक पदार्थ त्यस्तो विस्फोटक पदार्थ प्रयोग गर्न ऐन तथा यस नियम बमोजिम इजाजतपत्र प्राप्त गरेको अन्य आयोजनालाई सापटी दिन सक्नेछ।
स्पष्टीकरण: यस नियमको प्रयोजनको लागि “आयोजना” भन्नाले सडक निर्माण, उर्जा विकास वा विस्फोटक पदार्थ आवश्यक पर्ने अन्य विकास निर्माणसँग सम्बन्धित.आयोजना सम्झनु पर्छ।
(२) उपनियम - (१) बमोजिम विस्फोटक पदार्थ सापटी लिनदिनको लागि विस्फोटक पदार्थ आवश्यक पर्ने आयोजनाले तत्काल त्यस्तो विस्फोटक पदार्थ पैठारी वाँ खरिद गर्न सक्ने अवस्था नरहेको र नेपाली सेनाबाट समेत उपलव्ध हुन नसकेको अवस्था हुनु पर्नेछ।

(३) उपनियम (१) बमोजिम एक आयोजनाबाट अर्को आयोजनामा विस्फोटक पदार्थ लिनदिनको लागि दुवै आयोजनाको आपसी सहमति सहित विस्फोटक पदार्थ लिने आयोजना रहेको जिल्लाको प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिएमा सम्बन्धित जिल्लाको सुरक्षा समितिले त्यस्तो विस्फोटक पदार्थ सापटी लिन सिफारिस गरी विस्फोटक पदार्थ दिने आयोजना रहेको जिल्लाको सुरक्षा समितिमा पठाउनु पर्नेछ र सो जिल्लाको सुरक्षा समितिबाट विस्फोटक पदार्थ सापटी दिने सिफारिस प्राप्त भएमा विस्फोटक पदार्थ लिने आयोजना रहेको जिल्लाको प्रमुख जिल्ला ,अधिकारीले स्वीकृतिको लागि गृह मन्त्रालयमा पठाउनु पर्नेछ।

तर विस्फोटक पदार्थ सापटी, लिनेदिने आयोजना एउटै जिल्लामा भएमा सों जिल्लाको सुरक्षा समितिको सिफारिसको आधारमा _ प्रमुख जिल्ला अधिकारीले स्वीकृतिको लागि गृह मन्त्रालयमा पठाउनु पर्नेछ।

स्पष्टीकरण: यस: नियमको प्रयोजनको लागि "सुरक्षा समिति" भन्नाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (७) बमोजिमको जिल्ला सुरक्षा समिति सम्झनु पर्छ।

(४) उपनियम (२) बमोजिम विस्फोटक पदार्थ सापटी लिनदिन सम्बन्धित जिल्लाका सुरक्षा समितिबाट सिफारिस प्राप्त भएमा गृह मन्त्रालयले नेपाली ८ सेनासँग समन्वय गरी त्यस्तो विस्फोटक पदार्थ सापटी लिनेदिने स्वीकृति दिन सक्नेछ।
(५) उपनियम (४) बमोजिम स्वीकृति भएको आधारमा विस्फोटक पदार्थ सापटी दिँदा तथा सापटी लिएको विस्फोटक पदार्थ फिर्ता गर्दा नेपाली सेनाको प्रत्यक्ष निगरानीमा गर्नु पर्नेछ।

(६) यस नियम बमोजिम सापटी लिएदिएको विस्फोटक पदार्थको प्रकार, मात्रा र उपयोगको स्थिति बारेमा नेपाली सेनाले अभिलेख राखी रक्षा मन्त्रालयमा प्रतिवेदन पेश गर्नु पर्नेछ र रक्षा मन्त्रालयले गृह मन्त्रालयलाई त्यस्तो प्रतिवेदन उपलव्ध ८ गराउनु पर्नेछ।

(७) कुनै आयोजनाले ऐन तथा यस नियम बमोजिम इजाजतपत्र लिई खरिद वा पैठारी गरेको कुनै विस्फोटक पदार्थ तत्काल आवश्यक नभएमा वा बढी भएमा त्यस्तो विस्फोटक: पदार्थ प्रयोग गर्न इजाजत प्राप्त गरेको आयोजनालाई उपलब्ध गराउन सक्नेछ।

(८) उपनियम: (७) बमोजिम अर्को आयोजनालाई विस्फोटक पदार्थ उपलब्ध गराउँदा नियम (३), (४), (५) र (६) बमोजिमको प्रक्रिया पूरा गर्नु पर्नेछ।

(९) यस. नियम बमोजिम विस्फोटक पदार्थ सापटी लिनेदिने;- विस्फोटक पदार्थ उपलव्ध गराउने तथा विस्फोटक- पदार्थ प्राप्त गर्ने आयोजनाले विस्फोटक पदार्थको प्रयोग, परिवहन, सञ्चय लगायतका: विषयमा ऐन, नियम तथा अन्य प्रचलित कानूनमा भएको व्यवस्थाको पालना गर्नु पर्नेछ।